मंगोलियाविरुद्ध सान्त्वना जितको खोजीमा नेपाल
काठमाडौं । नेपालले एफसी यु–१७ एसियन कप छनोटअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्दैछ ।
खेल कतारको दोहास्थित एस्पायर एकेडेमीमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।
नेपाल र मंगोलिया दुवैले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरेका थिए । नेपाल र मंगोलिया यो खेलअगाबै अर्को वर्ष साउदी अरबमा हुने एफसी यु–१७ एसियन कपमा छनोट हुन असफल भइसकेको छ । त्यसैले दुवै टोलीका लागि यो प्रतिष्ठाको लडाइँ समेत हुनेछ ।
नेपालले समूह चरणको पहिलो खेलमा साबिक विजेता जापानसँग ९–२ तथा घरेलु टोली कतारसँग ५–० ले पराजित भएको थियो । यसैगरी, मंगोलिया पहिलो खेलमा कतारसँग २–० ले तथा जापानसँग ७–० ले पराजित भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
