नेपालले दियो अमेरिकालाई १७१ रनको लक्ष्य
काठमाडौं । नेपाल र अमेरिकाबीच जारी टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकालाई जितका लागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। कुशल भुर्तेलले ९२ रनको सानदार अर्धशतकीय इनिङ खेलेपछि नेपालले उच्च स्कोर बनायो।
डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो। नेपालका लागि अनिल साहले २५ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङका लागि बएका भुर्तेल ४ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९२ रनमा अविजित रहे।
त्यस्तै गुल्सन झाले १९ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए। अमेरिकाका लागि नोस्थुस केन्जीङ्ग र जस्दिप सिंहले समान २-२ विकेट लिए। यसअघि नेपालले पहिलो टी-२० खेल जितेको थयो। यो खेल जितेमा नेपालले अन्तिम टी-२० अघि नै सिरिज जित्ने छ।