न्यूजिल्याण्ड आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा

भक्तपुर न्यूज

३ कार्तिक २०८१ ६:५४

न्यूजिल्याण्ड आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । न्यूजिल्याण्ड आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ । शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा न्यूजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

न्यूजिल्याण्डले दिएको १२९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १२० रन मात्र बनाएपछि न्यूजिल्याण्ड ८ रनले विजयी भएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

न्यूजिल्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । २००९ र २०१० को टी-२० विश्वकपमा उपविजेता बनेको न्यूजिल्याण्डले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन । अब न्यूजिल्याण्डले आइतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ ।

यस पटकको महिला टी-२० विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ । यस अघि सम्पन्न ८ विश्वकप मध्ये अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *