दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनलमा
काठमाडौं । दक्षिण अफ्रिका जारी आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकाले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।
अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७ .२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको थियो।
६ पटकको विश्वकप विजेता अस्ट्रेलिया २००९ पछि पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको छ। योसँगै दक्षिण अफ्रिकाले अब फाइनलमा न्यूजिल्याण्ड र वेस्ट इन्डिजबीचको विजेतासँग आइतबार खेल्ने छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६