पाकिस्तानले इङ्ग्ल्याण्डलाई दियो २९७ रनको लक्ष्य

भक्तपुर न्यूज

१ कार्तिक २०८१ १८:०६

पाकिस्तानले इङ्ग्ल्याण्डलाई दियो २९७ रनको लक्ष्य

काठमाडौं । जारी दोस्रो टेस्टमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई २९७ रनको लक्ष्य दिएको छ ।

टेस्टको तेस्रो दिन पाकिस्तान आफ्नो दोस्रो इनिङ्गमा २२१ रनमा अलआउट भएपछि पहिलो इनिङ्गमा ७५ रनको आधारमा २९७ रनको लक्ष्य दिएको हो ।

पाकिस्तानका लागि दोस्रो इनिङ्गमा सलमान अघाले ६३ रन बनाए भने साउद शकीलले ३१ रन बनाएका थिए । त्यस्तै इङ्ग्ल्याण्डका बलर शोएब बशीरले ४, ज्याक लीचले ३ तथा ब्रिडन कार्सले २ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले पहिलो इनिङ्गमा ३६६ रन बनाएको थियो भने इङ्ग्ल्याण्डले आफ्नो पहिलो इनिङ्गमा २९१ रन बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *