वेस्ट इण्डिज विश्वकपको सेमिफाइनलमा, इंग्ल्याण्ड समूह चरणबाटै बाहिरियो

भक्तपुर न्यूज

३० असोज २०८१ १३:५७

वेस्ट इण्डिज विश्वकपको सेमिफाइनलमा, इंग्ल्याण्ड समूह चरणबाटै बाहिरियो

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्टइन्डिज महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्टइन्डिज महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वेस्टइन्डिजका लागि कप्तान ह्वेली म्याथ्युजले पनि ५० रन बनाइन् । इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । वेस्ट इन्डिजले १८ ओभरमा चार विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

यो जितपछि अब वेस्ट इन्डिजसँगै समूह ’बी’ बाट दक्षिण अफ्रिका सेमिफाइनल पुगेको छ । इंग्ल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *