तोलामै १ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

२९ असोज २०८१ १३:१२

तोलामै १ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य मंगलबार तोलामै १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ । दशैंअघि प्रतितोला सुनको मूल्य १ लाख ५९ हजार १ सय रुपैयाँ रहेकोमा आज तोलामै १ हजार ४ सय बढेको हो ।

असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय