गाजाको एक विद्यालयमा इजरायली आक्रमण, कम्तीमा १५ जनाको मृत्यु

भक्तपुर न्यूज

२८ असोज २०८१ ९:१८

गाजाको एक विद्यालयमा इजरायली आक्रमण, कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं । गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गरेको छ । उक्त आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । इजरायल-प्यालेस्टाइन युद्धमा विस्थापित भएका प्यालेस्टिनीहरूले आश्रय बनाएको विद्यालयमा इजरायलले आक्रमण गरेको हो ।

गाजामा हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले बिहीबार ठूलो गोलीबारी भएको जनाएको छ । सिभिल डिफेन्सका प्रवक्ताले अल मुफ्ती विद्यालयमा आक्रमण भएको जनाएको छ । त्यहाँ गाजा आसपासका सयौँ विस्थापितहरू बस्दै आएका थिए ।

त्यस्तै, हिजबुल्लाहले पनि इजरायलको एक सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरेको छ । उत्तरी इजरायलको सैन्य आधार शिविरमा भएको उक्त आक्रमणमा परी चार जना सैनिकको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) ले आक्रमण भएको पुष्टि गरेको छ । आईडीएफले यो आक्रमण उत्तरी इजरायलको एक नगरभन्दा ३३ किलोमिटरको दुरीमा रहेको सैन्य आधार शिविरमा भएको जनाएको छ ।

बीबीसीले हिजबुल्लाहको मिडिया अफिसको हवाला दिँदै बिहीबार इजरायली सेनाले दक्षिणी लेबनान तथा बेरुतमा आक्रमण गरेको उल्लेख गरेको छ । यो ड्रोन आक्रमण त्यसैको जवाफ भएको हिजबुल्लाहले जनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय