श्रीलङ्कासँगको पहिलो टी–२० मा वेस्ट इन्डिज ५ विकेटले विजयी
काठमाडौं । श्रीलङ्कासँगको पहिलो टी–२० मा वेस्ट इन्डिज पाँच विकेटले विजयी भएको छ । घरेलु टोली श्रीलङ्काले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर एक बलमा पाँच विकेट गुमाएर भेट्टायो । वेस्ट इन्डिजको जीतमा ओपनर ब्रान्डन राजाले सर्वाधिक ६३ र इभिन लुईसले ५० रन बनाए । श्रीलङ्काका माथीशा पाथिरानाले दुई विकेट लिए ।
त्यसअघि दम्बुल्लामा टस हारेर पहिला व्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो । उसका कप्तान चारिथ असालान्काले ५९ र कामिन्दु मेन्डिसले ५१ रन बनाए । वेस्ट इन्डिजका रोमारियो शेफर्डले दुई विकेट लिए ।
यो जीतसँगै तीन खेलको टी–२० शृङ्खलामा वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ । अब यी दुई देशबीचको दोश्रो खेल भोलि र तेश्रो तथा अन्तिम टी–२० खेल आउँदो बिहिवार हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३