अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु

भक्तपुर न्यूज

२५ असोज २०८१ ६:५८

अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्य भएर गएको मिल्टन आँधीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ। यो सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ। ३० लाख घर र व्यवसायमा अहिले बत्ती छैन। त्यहाँको गभर्नर रोस डेस सान्टिस फ्लोरिडामा केही दिनमा बाढी पनि आउनसक्ने चेतावनी दिएका छन्।

फ्लोरिडाका बासिन्दालाई अहिले सुरक्षित भएर बस्न तथा बाहिर ननिस्कन भनिएको छ। पश्चिम तटीय क्षेत्रमा पानीको वितरण रोकिएको छ। पत्रिका भवनमा क्रेन ठोक्किएको छ। मेजर लिग बेसबलको रङ्गशालाको छत भत्किएको छ। मिल्टन आँधी अहिले एटलान्टामा गइसकेको छ। तर यसको असर अझै बाँकी छ।

संसारमा मिल्टन आँधी ३ साताको बिचको तेस्रो प्राकृतिक प्रकोप हो। गएको महिना संसारका अन्य धेरै स्थानमा यसै किसिमका समस्या, मेक्सिको, नेपाल र बेलायतमा पनि देखिएको थियो। जलवायु वैज्ञानिकका अनुसार अहिले वातावरणमा आर्द्रता बढी रहेको छ।

यसै कारण भारी वर्षाको कारण संसार नै समस्यामा पर्न सक्छ। यूएस फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा)ले दुई ठुला आँधीका कारण भएको क्षतीमा उद्धारका लागि २० अरब अमेरिकी डलर सांसदबाट पास गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय