उच्चपदस्थ व्यक्तित्व र आमनागरिकलाई उपराष्ट्रपतिले टीका लगाइदिने

भक्तपुर न्यूज

२४ असोज २०८१ ७:०३

उच्चपदस्थ व्यक्तित्व र आमनागरिकलाई उपराष्ट्रपतिले  टीका लगाइदिने

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवबाट विजयादशमीको अवसरमा उच्चपदस्थ व्यक्तित्व र आमनागरिकलाई टीका तथा प्रसाद प्रदान हुने समय तोकिएको छ ।

उपराष्ट्रपति यादवको सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै यही असोज २६ गते दसैँका दिन उच्च तहमा रहेका व्यक्ति र आमनागरिकलाई टीका–प्रसाद ग्रहणका लागि अपराह्न २:३० बजेदेखि ४:०० बजेसम्मको समय तोकिएको जनाएको हो । सचिवालयले टीका ग्रहणका क्रममा मर्यादित पोसाक लगाएर आउन अपिलसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *