रिजन ढकाल १० लाख रुपैयाँमा चितवन राइनोजमा आवद्ध
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा रिजन ढकाल १० लाख रुपैयाँमा चितवन राइनोजमा आवद्ध भएका छन् ।
आइतबार भएको अक्सनमा पहिलो खेलाडीको रुपमा बायाँ हाते तीब्र गतिका बलर रिजन ढकाल आएका थिए । ढकालले गत फेब्रुअरीमा क्यानडाविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । उनले ए ग्रेडको न्यूनतम मूल्य १० लाख रुपैयाँ पाएका हुन् ।
त्यस्तै स्पिन अलराउण्डर सुवास भण्डारी विराटनगर किंग्समा पुगेका छन् । न्यूनतम मूल्य २ लाख राखेका उनलाई किन्न दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । विराटनगर त्यसपछि काठमाडौं गुर्खाजले अक्सनमा बोली लगाएका थिए । उनी २ लाख ५० हजारमा विराटनगरमा पुगेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३