एनपीएल अक्सन : दिनेश खरेल पोखरा राइनोजमा आबद्ध
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा राइनोजले अक्सनमा क्याटेगोरी सी का दिनेश खरेललाई किनेको छ ।
न्यूनतम मूल्य राखेका उनलाई पोखराले मूल्य लगाएको हो । नेपाली घरेलु क्रिकेट उनले एक पटक मात्रै खेलेका छन् । २०२२ मा सेप्टेम्बरमा सम्पन्न नवौं राष्टिय प्रतियोगिता एनआरएनको टोलीबाट टियुमा खेलेका थिए ।
ओपनर उनी आक्रामक ब्याटिंगका लागि चिनिन्छन् । एपीएफविरुद्ध २०२२ मा उनले नवौं राष्टियमा १६ बलमा २ चौका र ३ छक्कासहित ३२ रनको इनिङ खेलेका थिए । उनी न्युजिल्यान्डमा बसेर क्रिकेट खेल्ने गर्दछन् ।
उनले एनआरएनबाट २०२२ मा खेलेको नवौं राष्टिय बाहेक अन्य कुनै प्रतियोगिता भने खेलेका छैनन् । तर देब्रो हाते ब्याटर उनी राम्रो सम्भावना बोकेका खेलाडीमा पर्दछन् । न्युजिल्यान्डमा बसेर सिक्ने उनी अव फेरि नेपाल आउनेछन् । साथै स्पिन बलिङ पनि गर्नेछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ चैत २०८१ १२:०५
अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको मामिलामा नयाँ खबर
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
८ चैत २०८१ १६:३८
युक्रेनको पावर प्लान्ट अमेरिकी नियन्त्रणमा रहने
९ चैत २०८१ १२:१५