भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्टको दोस्रो साधारण सभा सम्पन्न
भक्तपुर । भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
विभिन्न पेशाहरूमा समर्पित युवाहरूद्वारा वि.सं. २०७९ साल श्रावण ३० गते विधिवत रूपमा स्थापित कम्पनीको साधारण सभाको उद्घाटन भक्तपुरका स्थानीय उद्यमी सुरेन्द्र जाकीबन्जारले गरेका थिए ।
कम्पनीका अध्यक्ष साजन श्रेष्ठले सानो–सानो लगानी संकलन गरेर पनि केही उल्लेखनीय कामहरू गर्न सकिने विश्वासका साथ भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी गठन भएको जानकारी दिए ।
हाललाई यसको मुख्य लगानी Nepal Share Market / Property Management मा रहेको र भविष्यमा रियल स्टेट (Realestate) लगायत अन्य कम्पनीहरुमा समेत लगानी विस्तार गर्ने ध्येय रहेको उनले बताए ।
उनले भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनीले भविष्यमा गर्ने कामको योजन त्यस्ता समूह समूहमा गई आफ्नो योजनाहरू प्रस्तुत गरी लगानी कर्ताहरुको लागि खुल्ला प्लटफर्म प्रस्तुत गर्ने कार्यनितिका साथ वर्तमान संचालक समिति अघि बढ्ने जानकारी दिए ।