छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला
काठमाडौैं । स्याङ्जा, सिन्धुपाल्चोक र मोरङमा गरी तीन जना मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको फेदीखोला गाउँपालिका–३ ठुल्डीस्थित सेती खोलामा सोही ठाउँ बस्ने ७० वर्षीय लोक बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ स्याले गिदारीस्थित स्याले खोला किनारको काँसघारीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मोरङ, विराटनगर महानगरपालिका-९ स्थित पुरानो संचयकोष अफिसको भवनको पेटिमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३