सांसद शर्माले बालगृहका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य उपचार र बीमा गरिदिने

भक्तपुर न्यूज

२० असोज २०८१ ७:१९

सांसद शर्माले बालगृहका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य उपचार र बीमा गरिदिने

काठमाडौैं । मोरङकाे उर्लाबारी नगरपालिका–७ का अनाथ बालगृहका बालबालिकाहरूको नेपाली कांग्रेस नेता एवं सांसद डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेका छन् ।

शर्माले उक्त अनाथ बालगृहमा बसोबास गर्दै आएका बालबालिकाहरूको एक वर्षका लागि स्वास्थ्य उपचार र बीमा गर्ने घाेषणा गरेका हुन् । समाजसेवी मिना बरालले सुदूरपश्चिम, कर्णालीदेखि देशका विभिन्न ठाउँहरूबाट अनाथ बालबालिकाहरू ल्याएर गाँस, बास, कपास, शिक्षा लगायत सबै कुराको व्यवस्थासहित सो बालगृह सञ्चालन गर्दै आएकी थिइन् ।

अब भने शर्माले पनि उक्त बालगृहमा बस्ने बालबालिकाप्रति आफ्नो पनि उत्तरदायित्व बहन गर्दै उक्त जिम्मेवारी लिएका छन् । अनाथ बालगृहमा भएका बालबालिकाहरूको नोबेल मेडिकल कलेज विराटनगर र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक वर्षसम्म उनीहरूको निःशुल्क स्वास्थ्य उपचार गर्ने बताइएको छ ।

केएमसी र नाेबेलका सञ्चालकसमेत रहेका शर्माले उक्त ठाउँका अस्पतालमा बालबालिकाको उपचार नभए मेडिकल कलेजमा ल्याएर भए पनि उपचार गराइदिने बताएका छन् । अनाथ बालगृहमा कांग्रेस मोरङका सभापति एवं पूर्व युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, कोशी प्रदेशसभा सदस्य शोभा पालुङ्गासहित सांसद डा. शर्मा सोही ठाउँमा पुगेर उक्त व्यवस्था मिलाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *