प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

भक्तपुर न्यूज

२० असोज २०८१ ६:३८

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएकाा छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

यसअघि असोज १६ गते संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयले उनको आजै शपथको कार्यक्रम तय भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *