लेबनान र गाजामा इजरायली सेनाको तीव्र आक्रमण, हमासको अन्त्य नगरेसम्म आक्रमण गरिरहने अडान

भक्तपुर न्यूज

१७ असोज २०८१ ९:३५

लेबनान र गाजामा इजरायली सेनाको तीव्र आक्रमण, हमासको अन्त्य नगरेसम्म आक्रमण गरिरहने अडान

काठमाडौं । लेबनानको राजधानी बेरुतलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको छ । रातभर इजरायलले गरेको आक्रमणमा अरू आठ जना घाइते भएका छन् ।

योसँगै पछिल्लो २४ घण्टामा लेबनानमा इजरायली आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४६ जना पुगेको छ । ८५ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

हिजबुल्लाह समूह र इजरायली सेनाहरूबीच दक्षिणी लेबनानमा भएको युद्धकाबीच इजरायलका आठ जना सैनिक मारिएपछि तनाव झन् चर्किएको छ ।

यसैबीच इजरायलले गाजामा पनि आक्रमणलाई तीव्र पारेको छ । विद्रोही समूह हमासको अन्त्य नगरेसम्म आक्रमण गरिरहने अडान लिएको इजरायलले पछिल्लो समय गाजामा रहेको आश्रयस्थल र विद्यालयमा छुट्टाछुट्टै गरेको आक्रमणमा २५ जनाभन्दा धेरै नागरिक मारिएका थिए ।

गाजामा गएको अक्टोबर ७ देखि शुरू भएको इजरायली आक्रमणमा अहिलेसम्म ४१ हजार ६ सय ८९ जनाको ज्यान गएको छ भने ९५ हजार ६ सय २५ जना घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *