यस वर्षको डिभी आवेदन आजै रातिदेखि खुल्ने, के चाहिन्छ योग्यता ?

भक्तपुर न्यूज

१६ असोज २०८१ १०:५५

यस वर्षको डिभी आवेदन आजै रातिदेखि खुल्ने, के चाहिन्छ योग्यता ?

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले यस वर्षको डाइभर्सिटी भिसा कार्यक्रम आज बुधवार राति पौन १० बजेबाट खुल्ने जानकारी दिएको छ । दूतावासले सार्वजनिक सूचना जारी गर्दै डिभी चिठ्ठा भर्ने कार्यक्रम नोभेम्बर ५ तारिखसम्म रहने जनाएको छ ।

दूतावासले डिभी कार्यक्रमबाट निष्पक्ष छनौट हुने र एक व्यक्तिले एउटामात्र आवेदन बुझाउन आग्रह गरेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरु डीभीका लागि अयोग्य हुने समेत दूतावासले प्रष्ट पारेको छ ।

आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्ने छन् । दूतावासले डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ । 

डीभीको लागि फारम अनलाइन भर्नुपर्ने छ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ । 

अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने पनि दूतावासले बताएको छ । 

डीभी आवेदन भर्दा राहदानी अनिवार्य गरिएको छैन । डीभी आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सुरक्षित राख्न आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *