सांसद थापाद्वारा सिपाडोल क्षेत्रमा गएको पहिरोको क्षति निरीक्षण

भक्तपुर न्यूज

१६ असोज २०८१ १०:४८

सांसद थापाद्वारा सिपाडोल क्षेत्रमा गएको पहिरोको क्षति निरीक्षण

भक्तपुर । संघीय सांसद दुलर्भ थापाले सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल क्षेत्रमा अविरल वर्षापछि आएको बाढी तथा पहिरोले पुर्‍याएको क्षतिबारे स्थलगत अवलोकन गरेका छन् । गत बिहीबारदेखि शनिबारसम्म लगातार परेको वर्षाका कारण आएको बाढी पहिरोले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन उनी बुधबार ती क्षेत्रको स्थलगत अवलोकनमा आएका हुन् ।

निरीक्षणको क्रममा स्थानीय जनताले पहिरोबाट आफूहरुको घरबस्ती जोखिममा परेकोले समाधानको लागि सम्बन्धित निकायमा राखीदिन अनुरोध गरेका थिए ।

सांसद थापाले पहिरो पीडित जनताको राहत र पुनःस्थापनाको लागि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रजिअमार्फत सरकारको ध्यानाकर्षण गराउने बताए । उनले देश बाढी पहिरोको चपेटामा परेका बेला सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोगी भूमिका खेल्न समेत आग्रह गरे । विपदका समयमा भैपरि आउन सक्ने जोखिम तर्फ सबले सक्दो सजगता अपनाएर सुरक्षित स्थानमा बस्न उनले आग्रह समेत गरे ।

अविरल वर्षाले सूर्यविनायक नगरपालिका–८ पाटी भञ्याङ नैचालमा एकै परिवार दुई जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *