फिल्म ‘सानो संसार’ को नयाँ प्रदर्शन मिति घोषणा

भक्तपुर न्यूज

१५ असोज २०८१ ६:२३

फिल्म ‘सानो संसार’ को नयाँ प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘सानो संसार’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माताले प्रेस विज्ञप्ति जारी गर्दै फिल्मलाई अब कात्तिक ९ गतेदेखि पुनः प्रदर्शनमा ल्याउने जानकारी दिएका हुन्।

गत शुक्रबार रिलिज फिल्मको आइतबारदेखि प्रदर्शन स्थगित गरिएको थियो। बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण प्रदर्शन स्थगित गर्नुपरेको निर्माताले जनाएका थिए। निर्माता अर्जुन कुमारले कात्तिक ९ मा अहिलेसम्म अन्य फिल्मले रिलिज घोषणा नगरेका कारण उक्त मिति रोजिएको बताए।

सिद्धार्थ पुडासैनीको निर्देशन रहेको ‘सानो संसार’ मध्यमवर्गीय परिवारको कथामा बनेको फिल्म हो। यसमा सीतादेवी तिमल्सेना, राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ। फिल्मको कार्यकारी निर्मातामा माधव वाग्ले छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय