सफा र चम्किलो अनुहारको छालाका लागि लगाउनुहोस् चामलको पानी

भक्तपुर न्यूज

८ असोज २०८१ ७:२२

सफा र चम्किलो अनुहारको छालाका लागि लगाउनुहोस् चामलको पानी

काठमाडौं । नेपालीहरूको घरमा बिहान होस् वा बेलुका भात नै पाक्छ । भातबिना नेपालीहरूको भोजन अधुरो छ । पार्टीमा होस् वा खाजामा चामलकै परिकारहरू हुन्छ । सेल, चाम्रे, पुलाउ अनेकौँको परिकार बनाउन चामलकै प्रयोग गरिन्छ । तर चामललाई सुन्दरता बढाउन पनि प्रयोग गर्न सकिनेछ ।

तपाई आफ्नो छालालाई स्वस्थ र चम्किलो राख्न चाहनुहुन्छ भने चामलको पानी प्रयोग गर्न सक्नुहुन्छ । तपाईलाई छालामा चामलको पानी लगाउँदाको फाइदा थाहा छ ? आजको यस लेखमा हामी यसैबारे कुराकानी गर्नेछौँ ।

चम्किलो छाला
चामलको पानीमा भिटामिन बी, सी र ई पाइन्छ । केही बेर चामल भिजाएपछिको पानीलाई छालामा लगाउँदा छाला चम्किलो र स्वस्थ बनाउन मद्दत मिल्छ ।

डन्डीफोर
चामलको पानीमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । यसले अनुहारमा बिबिरा कम गर्नुको साथै जलन कम गर्न पनि मद्दत गर्छ ।

टोनर
चामलको पानीले छालाको रङ्गलाई समान र हलुका बनाउन मद्दत गर्छ । यसले छालामा भएका कालो दागधब्बा र डढेको कम गर्छ ।

हाइड्रेट
चामलको पानीले छालालाई मोइस्चराइज गर्छ, जसले छालालाई नरम राख्छ । छाला सुख्खा छ भने तपाईँले पनि चामलको पानी प्रयोग गर्न सक्नुहुन्छ ।

चाउरी
चामलमा पाइने एन्टिअक्सिडेन्टले छालामा बुढ्यौलीका लक्षणहरू जस्तै चाउरी र फाइन लाइनहरू कम गर्न मद्दत गर्छ ।

सनस्क्रिन
चामलको पानीमा सूर्यको हानिकारक किरणहरूबाट छालालाई जोगाउने तत्त्वहरू हुन्छन् । यसले सूर्यको पराबैजनी किरणबाट हुने क्षतिबाट छालालाई जोगाउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *