मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को शुक्रबारका लागि निर्धारित निर्वाचन स्थगित भएको छ ।
विद्यार्थीहरुले दायर गरेको एक रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले बिहीबार निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि निर्वाचन स्थगित भएको हो ।
बुधबार मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत बीएससी बायोलोजी समूह पाँचौँ सेमेष्टरमा अध्ययनरत रञ्जित विकसहितका विद्यार्थीले उच्चमा रिट निवेदन दर्ता गराएका थिए ।
उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले तत्काल स्ववियुको निर्वाचन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्चको अन्तरिम आदेशमा दुवै पक्षलाई असोज ६ गते छलफलमा झिकाउन भनिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५