बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना

भक्तपुर न्यूज

२७ भदौ २०८१ ७:४७

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवम् बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जिया अस्पताल भर्ना भएकी छन् । बुधबार राति स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

‘बेगम जिया बिरामी परेपछि मेडिकल बोर्डको सल्लाहमा उनलाई हिजो राति नियमित चेकअप र निरीक्षणका लागि अस्पताल लगिएको थियो र पछि भर्ना गरियो,’ उनको निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनले बीबीसी बंगलालाई भनेका छन् ।

राति केही परीक्षणपछि बिहान पनि खालिदा जियाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

७९ वर्षीया जिया लामो समयदेखि मधुमेह, सिरोसिस, मुटुसम्बन्धी रोग, फोक्सो र मिर्गौला र जोर्नीशोथ जस्ता धेरै रोगबाट पीडित थिइन् ।

हालै बंगलादेशमा चलिरहेको सत्ता विरोधी आन्दोलन र राजनीतिक उथलपुथलका बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडिन् । यसपछि अन्तरिम सरकारले जियालाई जेलबाट रिहा गर्न आदेश दिएको थियो ।

जेलबाट छुटेपछि उनी स्वास्थ्यलाभको लागि अस्पतालमा भर्ना भइन् र धेरै दिनपछि डिस्चार्ज भएकी थिइन् । जियालाई शेख हसिनाको कट्टर प्रतिद्वन्द्वी मानिन्छ । उनी सन् २०१८ देखि भ्रष्टाचारको आरोपमा जेलमा थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *