श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

भक्तपुर न्यूज

२६ भदौ २०८१ १०:५७

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

बारा । बारामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईको हत्या गरेको आरोपमा निजगढ नगरपालिका–९ भमरा टोल बस्ने ४५ वर्षीय बिमल कुमार बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

बिमलले घरायसी विवादको क्रममा खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएकी लक्ष्मीको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ हुँदै नेशनल मेडिकल कलेज वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै झगडा छुट्याउने क्रममा घाइते भएकी उनकै छोरी १८ वर्षीया गंगा राईलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महारागञ्ज काठमाडौं रिफर गरिएको छ भने उनकै अर्की छोरी १५ वर्षीया जमुना राइको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय