करेन्ट लागेर भारतीय दम्पतीको मृत्यु
काठमाडौं । मोरङमा बुधबार करेन्ट लागेर भारतीय एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डल रहेका छन् ।
बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन् ।
विद्युत प्रवाह भइरहेको मोटर चलाएर कल पेल्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ । भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
