लुम्बिनीका वन तथा वातावरण मन्त्री कुर्मीको राजीनामा स्वीकृत
काठमाडौं । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजीनामा मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् ।
गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त कुर्मीले मंगलबार राजीनामा दिएका थिए ।
उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । मन्त्रीमा नियुक्त भएदेखि नै उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रशस्त गर्न उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५