पाराग्वेले ब्राजिललाई हरायो

भक्तपुर न्यूज

२६ भदौ २०८१ ७:२४

पाराग्वेले ब्राजिललाई हरायो

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनोटमा पाराग्वेले ब्राजिललाई हराएको छ ।

बुधबार बिहान भएको खेलमा पाराग्वले पाँचपल्टको विश्व विजेता ब्राजिललाई १–० ले हराएको हो ।

पाराग्वेका लागि डिएगो गोमेजले निर्णायक गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए ।

८ खेलबाट १० अंक जोडेको ब्राजिल तालिकामा पाँचौं स्थानमा छ । पाराग्वे भने समान खेलबाट ९ अंक जोड्दै सातौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय