काठमाडौंसहित पाँच जिल्लाका सिडिओ परिवर्तन

भक्तपुर न्यूज

२६ भदौ २०८१ ६:४८

काठमाडौंसहित पाँच जिल्लाका सिडिओ परिवर्तन

काठमाडौं । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ । काठमाडौंमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए ।

त्यस्तै, सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिला प्रसाद शर्मा, अर्घाखाँचीमा बाबुराम अर्याल र प्यूठानमा रमा आचार्यलाई सिडिओमा पठाइएको छ । सिन्धुली, सिन्धुपाल्चोक र अर्घाखाँचीमा एक महिनादेखि सिडिओ पद रिक्त थियो । प्यूठानका नारायण अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय