अर्जेन्टिना कोलम्बियासँग पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पराजित भएको छ । बुधबार बिहान सकिएको खेलमा अर्जेन्टिनालाई कोलम्बियाले २-१ गोलले पराजित गरेको हो। खेलको २५ मिनेटमा घरेलु टिमले अग्रता लियो । मास्क्योराले कोलम्बियालाई अग्रता दिलाएका थिए ।
४८ मिनेटमा गोन्जालेजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । तर ६० मिनेटमा कोलम्बियाले फेरि अग्रता लियो। उसका रोड्रिग्वेज पेनाल्टीमार्फत दोस्रो गोल गरेका हुन् । खेलमा अर्जेन्टिनाका नियमित कप्तान लिओनल मेसी अनुपस्थित थिए । घाइते भएका कारण मेसी टोलीमा छैनन् ।
अंक तालिकामा अर्जेन्टिना शीर्ष स्थानमा छ । उसको आठ खेलबाट १८ अंक छ। अर्जेन्टिना आठमध्ये दोस्रो खेलमा पराजित भएको हो। कोलम्बिया आठ खेलबाट १६ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
