त्रिभुवन विमानस्थलबाट सुनसहित दुई पक्राउ

भक्तपुर न्यूज

२५ भदौ २०८१ ९:१८

त्रिभुवन विमानस्थलबाट सुनसहित दुई पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्यूठानको सरुमारानी गाउँपालिका–१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका–५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् ।

उनीहरुलाई विमानस्थलको आगमन कक्षको पार्किङ क्षेत्रबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका व्यक्ति हुन् । उनले ५४ ग्राम सुन ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट सुनको एक ढिका सुन, एउटा बेरुवा औंठी र एउटा मोवाइल बरामद गरेको छ ।

प्रहरीका अनुसार देवराजलाई भने बाह्‍य मुलुकबाट नेपाल आउने यात्रुलाई सुन ल्याउन लगाएको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट करिब २५ ग्राम तौलको सुनको सिक्री, दुई वटा मोबाइल र एउटा ल्यापटप बरामद गरेको छ ।

उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय