चर्चित हलिउड अभिनेता जेम्स अर्ल जोन्सको निधन
काठमाडौं । हलिउडका चर्चित अभिनेता तथा भ्वाइस आर्टिष्ट जेम्स अर्ल जोन्सको ९३ वर्षको उमेरमा निधन भएको छ । सोमबार बिहान जोन्सको निधन भएको उनको एजेन्ट बेरी म्याकफेर्सनले भनेका छन् ।
जोन्सले फिल्ड अफ ड्रीम्स, कमिङ टु अमेरिका, कोनन द बार्बेरियन र द लायन किंगलगायत दर्जनौं फिल्महरूमा अभिनय गरेका थिए । उनी स्टार वार्सका सुपरभिलेन डार्थ वाडरलाई आफ्नो विशिष्ट, गम्भिर आवाज दिनका लागि सबैभन्दा बढी परिचित थिए ।
स्टार वार्समा भाडरको छोरा ल्यूक स्काईवाकरको भूमिका निर्वाह गरेका मार्क हमिलले आफ्नो इन्ष्टाग्राममा ‘रिप ड्याड’ क्याप्शन लेखेर एउटा पोस्ट गरेका छन् ।
जनवरी ज्ञढघज्ञ मा मिसिसिपीमा जन्मेका जोन्सले तीन वटा टोनी अवार्डसमेत दुई वटा एमी र एउटा ग्रामी पनि जितेका थिए । सन् २०११ मा ओस्करले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मानित गरेको थियो । उनको मृत्युको खबरपछि एक पछि अर्को गर्दै हलिउड कलाकारहरूले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।
