सरकारले डिजिटल माध्यमबाट हुने भुक्तानीमा ग्राहकलाई भ्याट फिर्ता दिने

भक्तपुर न्यूज

२४ भदौ २०८१ ९:३३

सरकारले डिजिटल माध्यमबाट हुने भुक्तानीमा ग्राहकलाई भ्याट फिर्ता दिने

काठमाडौं । सरकारले डिजिटल माध्यमबाट हुने भुक्तानीमा ग्राहकलाई भ्याट फिर्ता दिने भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह (Restaurant) बाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवामा १० प्रतिशत कर फिर्ता हुने उल्लेख छ । क्युआर, कोड, मोबाइल बैंकिङ, डेबिट क्रेडिट कार्ड जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी गर्ने ग्राहकहरूले दश प्रतिशत भ्याट फिर्ता पाउने सूचनामा लेखिएको छ ।

‘नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ’ सूचनामा भनिएको छ ‘व्यवस्था गरे बमोजिम विभागको २०८१/०५/२१ को निर्णयानुसार सेवा खरिदमा उपभोक्तालाई त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय भएकाले सूचना प्रकाशित गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय