दयाहाङ र मिरूना अभिनीत फिल्म ‘नांगो गाउँ’ युट्युब ट्रेन्डिङमा
काठमाडौं । शुक्रबार युट्युबमा सार्वजनिक फिल्म ‘नांगो गाउँ’ ट्रेन्डिङको शीर्षस्थानमा छ। रिलिज भएको छोटो समयमै ट्रेन्डिङ वानमा आएको फिल्मलाई आइतबार बिहानसम्म २६ लाख ५० हजारभन्दा बढी पटक हेरिएको छ। यो भ्युज उत्साहजनक हो।
युट्युबमा लामो समयपछि नेपाली फिल्म रिलिज गरिएको हो। दिपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई र मिरूना मगर शीर्ष भूमिकामा छन्।
L
ग्रामीण परिवेशमा निर्माण गरिएको फिल्ममा राजनीतिक दाउपेचको कथालाई देखाइएको छ। दयाहाङ र मिरूना यसमा श्रीमान–श्रीमतीको भूमिकामा छन्। दयाहाङले शिक्षकको भूमिका निर्वाह गरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
