भक्तपुरमा बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ
भक्तपुर । भक्तपुरमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौंको शंकरापुर नगरपालिका–१, गागलफेदीका २९ वर्षीय निरोज लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आठ वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
