एक्सन थ्रिलर जनरामा फिल्म ‘डीएनए’ निर्माणको घोषणा

भक्तपुर न्यूज

१८ भदौ २०८१ ८:५०

एक्सन थ्रिलर जनरामा फिल्म ‘डीएनए’ निर्माणको घोषणा

काठमाडौं । एक्सन थ्रिलर जनरामा फिल्म ‘डीएनए’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मको निर्देशक चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त निर्देशन गर्ने बताइएको छ । निर्माण पक्षले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी दिएको हो ।

निर्देशक पुनका अनुसार यो फिल्म पौराणिक कथामा आधारित छ । पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेमा अर्का निर्देशक त्रिपाठीले आशावादी छन् । यस फिल्म नयाँ प्रयोगको रूपमा निर्माण गरिने निर्देशकद्वयको भनाइ छ ।

फिल्मको छायाङ्कन आउँदो फागुनमा सुरु गर्ने योजनामा निर्माण पक्ष छ। फिल्म निर्माण कम्पनीले फोनिक फ्लिकले बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्यमा ‘डीएनए’ निर्माण गर्न लागेको हो । फिल्ममा कलाकारहरू र अन्य टिमको जानकारी केही समयपछि दिइने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय