कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन स्थगित

भक्तपुर न्यूज

१७ भदौ २०८१ ८:०४

कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन स्थगित

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमरजेन्सी’ को रिलिज स्थगित भएको छ । सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले सर्टिफिकेसन दिन रोक लगाएपछि फिल्मको रिलिज रोकिएको हो । यसअघि फिल्मलाई सेप्टेम्बर ६ मा रिलिज गर्ने तयारी गरिएको थियो ।

फिल्मविरुद्ध आइतबार मुम्बईको चार बंगलास्थित गुरुद्वाराबाहिर सिख समुदायले प्रदर्शन गरेका थिए । ऐतिहासिक तथ्यलाई बिगारेर पेस गरिएको सिख समुदायले आरोप लगाएपछि बोर्डले फिल्ममा कैची चलाउन लागेको हो ।

जहाँ सिख समुदायले त फिल्मलाई पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने तथा कंगनामाथि कडा कारबाही गर्नु पर्ने माग नै राखेका छन् । बोर्डले पहिले फिल्म ‘क्लियर’ गरेको थियो । तर, पछि विवाद उत्पन्न भएपछि बोर्ड आफ्नै निर्णयबाट पछि हटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय