फिल्म ‘छक्कापञ्जा ५’ को दोस्रो चरणको छायांकन सुरु

भक्तपुर न्यूज

१४ भदौ २०८१ ७:५३

फिल्म ‘छक्कापञ्जा ५’ को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘छक्कापञ्जा ५’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार बिहानैदेखि काठमाडौंको जडिबुटी क्षेत्रमा छायांकन चलिरहेको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले दोस्रो चरणमा बाँकी १० प्रतिशत छायांकन एक सातामा पूरा हुने बताए । फिल्मको ९० प्रतिशत छायांकन भने गत महिना सम्पन्न भइसकेको छ । निर्माताले छायांकनसँगै पोस्ट प्रोडक्सन पनि एकसाथ गरिरहेका छन् ।

दीपाश्री निरौला निर्देशित फिल्ममा गिरीसहित वर्षा सिवाकोटी र केदार घिमिरेको पनि शीर्ष भूमिका छ । यसबारे थप कास्टिङ खुलाइएको छैन । ‘छक्कापञ्जा ५’ असोज २४ गते नेपाल, अमेरिका र अस्ट्रेलियामा एकसाथ रिलिज हुँदैछ । त्यसको एक सातामा मध्यपूर्वमा प्रदर्शन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय