फिल्म ‘वर एण्ड वधु’ को लबिम मलस्थित क्यूएफएक्समा भव्य प्रिमियर

भक्तपुर न्यूज

१३ भदौ २०८१ ७:०९

फिल्म ‘वर एण्ड वधु’ को लबिम मलस्थित क्यूएफएक्समा भव्य प्रिमियर

काठमाडौं । भोलि शुक्रबारदेखि रिलिज हुजे फिल्म ‘वर एण्ड वधु’ को बुधबार बेलुकी ललितपुरको लाबिम मलमा भव्य प्रिमियर गरिएको छ। निर्देशक मिलन चाम्सले प्रिमियरलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी राखेनन्।

‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर नाम दिइएको कार्यक्रममा फिल्म क्षेत्रका फिल्मीकर्मीदेखि राजनीतिज्ञको उपस्थिती थियो। प्रिमियर शोमा फिल्मका मुख्य कलाकारहरु आँचल शर्मा, किरण केसी, विवेक कर्मचार्य, कुसुम शर्मा, विजु पार्की लगायत पनि हल पुगेका थिए।

त्यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अभिनेत्री मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, हाँस्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, कलाकार उषा रजक लगायत हल पुगेका थिए।

फिल्म हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक कोणबाट फिल्म उत्कृष्ट बनेकाले सबैलाई हेर्न आग्रह गरे। कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि फिल्मको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशकिय पाटो मन परेको सुनाए। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले मल्टिप्लेक्समा सुखद सो पाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय