ट्रकको ठक्करबाट ज्यान गुमाएकी स्कुटर चालक महिलाको पहिचान खुल्यो
भक्तपुर । भक्तपुरको गठ्ठाघर भएको दुर्घटनामा ज्यान गुमाएकी स्कुटर चालकको पहिचान खुलेको छ । उनी दोलखाको मेलुङ गाउँपालिका-४ की २३ वर्षीय सुस्मा नेपाली रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनी काठमाडौंको बागबजारमा बस्दै आएकी थिइन् ।
बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले उनको स्कुटरलाई ठक्कर दिएको थियो । ट्राफिक प्रहरीले बा ४९ प ८९४४ नम्बरको स्कुटर रोकेर चेकजाँच गरिरहेको थियो । तीव्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिसारेर लगेको थियो ।
सुस्माको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ । ट्रक चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५