दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजतपत्र खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजतपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजत खारेज गरेको जानकारी गराएको हो । राष्ट्र बैंकले ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकमा रहेको कसा मनी एक्स्चेन्जको नवीकरण नगरेको कारण इजाजतपत्र खारेज गरेको बैंकले जनाएको छ ।
‘केन्द्रीय बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका मनिचेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप– विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ,’ राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३