दिल्लीका मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानत दिन अस्वीकार
काठमाडौं । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । पीटीआईका अनुसार सर्वोच्चले यस मामिलामा सीबीआईलाई नोटिस जारी गरेको छ । साथै, अर्को सुनुवाइ २३ अगस्टमा हुने भएको छ ।
केजरीवालको जेल सजायलाई कायम राख्ने दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिने याचिकाको सन्दर्भमा यो सूचना जारी गरिएको हो । सीबीआईले अगस्ट २३ सम्ममा सर्वोच्चमा जवाफ पेश गर्नुपर्नेछ ।
केजरीवाललाई दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालासँग सम्बन्धित मुद्दामा गत मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । जेलमा रहँदा उनलाई भ्रष्टाचारको मुद्दामा सीबीआईले पक्राउ पनि गरेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८