एक वर्षमै साढे १४ अर्बको बीमा पोलिसी समर्पण, एलआईसीको सर्वाधिक

भक्तपुर न्यूज

३० साउन २०८१ ७:३६

एक वर्षमै साढे १४ अर्बको बीमा पोलिसी समर्पण, एलआईसीको सर्वाधिक

काठमाडौं । आर्थिक मन्दीको असर बीमा क्षेत्रमा पनि देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा पोलिसी ‘सरेन्डर’को पछिल्लो तथ्यांक हेर्दा बीमितहरु आर्थिकरूपमा निकै सकसपूर्ण अवस्थामा रहेका भन्न सकिन्छ ।

प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार मसान्तसम्ममा साढे १४ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी ‘सरेन्डर’ भएको छ । यस अवधिमा १४ अर्ब ५० करोड १२ लाख ७७ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको हो । उक्त रकम एक लाख १३ हजार ९७६ जना बीमितले सरेन्डर मार्फत फिर्ता लगेका हुन् ।

यसरी कम समयमै ठूलो रकमको पोलिसी सरेन्डर गर्नु भनेको बिमित आर्थिक क्षति व्यहोर्दै थप लगानी गर्न नसकिने निष्कर्षमा पुग्नु हो । सामान्यरुपमा नै पनि के बुझ्न सकिन्छ भने बिमितहरु बाँकी प्रिमियम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । त्यस्तो अवस्थामा पुग्नु भनेको आर्थिक मन्दी तल्लो तहसम्म नै पुग्यो भन्ने पनि हो ।

एलआईसीको सर्वाधिक

गत आवमा लाइफ इन्स्योरेस कर्पोरेसन नेपाल (एलआईसी)को सर्वाधिक बीमा पोलिसी सरेन्डर भएको छ । यस अवधिमा ३० हजार ३०९ जना बीमितले ४ अर्ब ३० करोड ३७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।

त्यस्तै, दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको पनि ४ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । उक्त रकम २८ हजार ६२७ जना बिमितले सरेन्डर गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *