खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिइओमा रमेश आचार्य नियुक्त
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब भने प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेश आचार्य नियुक्त भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीको सिईओ आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आव्हान भएकोमा १८ जनाले आवेदन दिएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन २२ गते अन्तिम निर्णयका लागी मन्त्रिपरिषद्मा तीन जना प्रतिस्पर्धीको नाम सिफारिस गरेको थियो । धादिङका आचार्यसहित भक्तपुरका गोपीकृष्ण न्यौपाने र तनहुँका डिल्लीराम लम्सालको नाम अन्तिम निर्णयार्थ क्याबिनेटमा पठाएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००