पाकिस्तान–अफगानिस्तान सीमाक्षेत्रमा भएको झडपमा तीनजनाको मृत्यु भएको दाबी
काठमाडौं । तालिबान अधिकारीहरूले मङ्गलबार उत्तरी सीमामा भएको झडपमा पाकिस्तानी सेनाले एक महिला र दुई बच्चासहित तीन जना सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन् । अफगानिस्तानको नङ्गरहार प्रान्तको तोरखाम सीमा नजिकै सोमबार दुई देशबीच झडप भएको हो ।
सन् १८९६ मा बेलायतीहरुले कायम गरेको काबुलद्वारा विवादित २४०० किलोमिटर सीमा क्षेत्रमा कोरिएको डुरान्ड रेखा नजिकै चेकपोष्ट निर्माणलाई लिएर पाकिस्तान र अफगानिस्तानका सेनाबीच नियमित झडप भइरहेको छ । तोरखाममा पाकिस्तानतर्फका एकजना सीमा अधिकारीले झडपमा तीनजना पाकिस्तानी सैनिक घाइते भएको बताए ।
पाकिस्तानी अधिकारीहरूले तीनजना अफगानी नागरिक मारिएको आरोपमाथि कुनै प्रतिक्रिया दिएका छैनन् । सन् २०२१ मा तालिबान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबीचको सीमा तनाव निरन्तर बढेको छ । झडपमा दुवै पक्षबाट भारी हतियार प्रयोग भएको र तोरखाम सीमा बन्द गरिएको पाकिस्तानी अधिकारीले बताएका छन् ।