गर्मीका कारण गत वर्ष युरोपमा झन्डै ४८ हजार जनाको मृत्यु
काठमाडौं । गर्मीका कारण गएको वर्ष युरोपमा झन्डै ४८ हजार जनाको ज्यान गएको छ । सोमबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो
बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसार गर्मीले युरोपभरमा सन् २०२३ मा ४७ हजार ६९० जनाको मृत्यु भएको छ । गएको वर्ष युरोपमा निकै गर्मी भएको थियो । यसलाई तापमानसम्बन्धी रेकर्ड राख्नथालेयताकै सबैभन्दा गर्मी वर्ष भनिएको छ ।
मृत्युको मामिलामा सन् २०२२ झनै भयानक थियो । उक्त वर्ष त्यहाँ ६० हजार भन्दा धेरैले गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाएका थिए । प्रतिवेदनमा युरोपका ३५ देशको तापमान र मृत्युसम्बन्धी रेकर्डको विश्लेषण गरिएको थियो । गर्मीको जोखिम वृद्धवृद्धाहरुमा धेरै देखियो । गर्मीले दक्षिणी युरोप सबैभन्दा मारमा परेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२० भदौ २०८१ १०:४७
भक्तपुरमा बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ
२१ भदौ २०८१ ८:१६
तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड
२१ भदौ २०८१ ११:०७
तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टविरुद्ध नेपाल ५ विकेटले पराजित
२० भदौ २०८१ ९:१५