दश हजार दर्शकमाझ टोरन्टोमा अञ्जु पन्तले दिइन् प्रस्तुति
काठमाडौं । गायिका अञ्जु पन्तले क्यानडाको टोरन्टोमा दश हजार दर्शकमाझ प्रस्तुति दिएकी छिन्। कम्युनिटी सर्भिसेज (एनसीसीएस) ले आयोजना गरेको ‘१६ औं हिमालय मेला(२०२४’ मा अञ्जुको साँगीतिक प्रस्तुति हेर्न १० हजारबढी नेपालीको सहभागिता भएको बताइएको छ।
हजारौँ दर्शकहरुको उपस्थितिमा गायकी प्रस्तुत गर्दा खुसी लागेको अञ्जुले फेसबुकमा उल्लेख गरेकी छिन्। अञ्जुसहित कार्यक्रममा पपगायक तिलकबम मल्ल र स्थानीय कलाकारले प्रस्तुति दिएका थिए। कार्यक्रममा ओन्टारियो राज्यका पर्यटन तथा संस्कृति मन्त्री स्टान चो, टोरन्टो महानगरका मेयर ओलिभिया चोउ र क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलको उपस्थित थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
