पहिरो खसेपछि अवरुद्ध कालीगण्डकी कोरिडोरको सडक एकतर्फी सञ्चालनमा

भक्तपुर न्यूज

२७ साउन २०८१ ८:४८

पहिरो खसेपछि अवरुद्ध कालीगण्डकी कोरिडोरको सडक एकतर्फी सञ्चालनमा

काठमाडौं । नवलपुरको गैँडाकोटमा पहिरो खसेपछि अवरुद्ध कालीगण्डकी कोरिडोरको सडक एकतर्फी सञ्चालनमा आएको छ । वर्षातका कारण गैँडाकोट नगरपालिका–३ हिउँदेखोला र तरङ्गखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले पहिरो हटाउनका लागि समन्वय भइरहेको बताए ।

स्थानीयलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सामान्य वर्षातमा पनि कालीगण्डकी कोरिडोरअन्तर्गत सडकमा बेलाबेलामा पहिरो खसेर सडक अवरुद्ध हुँदा कालीगण्डकी कोरिडोर हुँदै गैँडाकोटबाट पहाडी भेग र पाल्पाको रामपुरतर्फ यातायात सञ्चालन हुन सकेको छैन ।

कोरिडोर बन्द हुँदा जिल्लाको मुख्य बजार र राजमार्गबाट पहाडी भेग आवतजावतमा समस्या भएको छ । दैनिक जीवनमा कठिनाइ उत्पन्न भएको छ । दुवैतर्फ सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *