माओवादीको जनयुद्धले गाउँमा पारेको प्रभाव देखाउने ‘खुस्मा’ को टिजर सार्वजनिक
काठमाडौं । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’ को टिजर सार्वजनिक भएको छ । अभिनेता धिरज मगर र अभिनेत्री उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मको टिजरमा धिरज र उपासना प्रेमभाव र माओवादीको जनयुद्धले गाउँमा पारेको प्रभाव देखाउन खोजिएको छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशक अशोक थापा मगर हुन् । लेखन समेत मगरकै रहेको फिल्ममा निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतानमगर छन् भने सह-निर्मातामा मानबहादुर धनाहमगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
