तोलामा ७ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा ७०० रूपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रूपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो । यता आज चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
